विद्यार्थीहरूका लागि निःशुल्क फोटोकपी तथा प्रिन्ट सेवा स्ववियू कार्यालयबाट प्रदान

फोटोकपी र प्रिन्ट अबदेखि स्ववियू कार्यालयबाट निःशुल्क

2.73K
shares

काठमाडौ ।  स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीहरूका लागि निःशुल्क फोटोकपी तथा प्रिन्ट सेवा प्रदान गर्ने व्यवस्था सुरु गरेको छ। लामो समयदेखि विद्यार्थीहरूका लागि फोटोकपी र प्रिन्ट एक प्रमुख समस्याका रूपमा रहेको अवस्थामा स्ववियूले उक्त विषयलाई गम्भीर रूपमा लिँदै समाधानको पहल गरेको हो। सम्पूर्ण विद्यार्थीहरूमा क्याम्पस परिसरभित्र आवश्यक शैक्षिक प्रयोजनका लागि फोटोकपी तथा प्रिन्ट सेवा स्ववियू कार्यालयबाट निशुल्क रूपमा उपलब्ध गराइने भएको हाे।

विद्यार्थीहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर गरिएको यो निर्णयले अध्ययन–अध्यापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा नियमित शैक्षिक सामग्री आवश्यक पर्ने विद्यार्थीहरूलाई यस सेवाबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

यसै विषयमा स्ववियू अध्यक्ष भुमिराज अधिकारीले भने-
“विद्यार्थीहरूको हित नै हाम्रो पहिलो प्राथमिकता हो। शैक्षिक कार्यमा आवश्यक पर्ने आधारभूत सेवाहरू सहज र निःशुल्क रूपमा उपलब्ध गराउनु हाम्रो दायित्व हो। आगामी दिनहरूमा पनि विद्यार्थीमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिइने स्ववियू अध्यक्ष भुमिराज अधिकारीले बताए।

विद्यार्थीहरूको शैक्षिक आवश्यकता, आर्थिक सहजता तथा सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो महत्वपूर्ण निर्णय गरिएको हो। यस व्यवस्थाले अध्ययन–अध्यापन प्रक्रियामा थप सहजता र प्रभावकारिता ल्याउने विश्वास लिएको स्ववियूले जनाएको छ।

स्ववियू सधैं विद्यार्थीहरूको हक, हित र अधिकारका पक्षमा प्रतिबद्ध रहेको जानकारी गराउँदै, कुनै समस्या, सुझाव वा गुनासा भएमा स्ववियू कार्यसमितिलाई जानकारी गराउन अनुरोध गरिएको छ।  स्ववियूले विद्यार्थीहरूको हक, हित र शैक्षिक वातावरण सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, अन्य कुनै समस्या वा सुझाव भएमा स्ववियू कार्यसमितिलाई जानकारी गराउन अनुरोध गरिएको छ।