वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न

“वित्तीय साक्षरता तथा शेयर बजार सम्बन्धी तालिम कार्यक्रम” सम्पन्न

3.77K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसकाे आयोजनामा “वित्तीय साक्षरता तथा शेयर बजार सम्बन्धी तालिम कार्यक्रम” सम्पन्न भएको छ।

स्ववियु अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम कामना सेवा विकास बैंकको सहकार्यमा सञ्चालन गरिएको थियो। तालिममा प्रशिक्षकका रूपमा सुमन दुवाडी र भीम बहादुर बिक लगायतको टोलीले सहभागी विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी तथा शेयर बजार सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेका थिए।

 

कार्यक्रममा प्रमुख अतिथि डा. घमानसिंह खड्काले वर्तमान समयमा वित्तीय साक्षरताको महत्व झनै बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, स्ववियु अध्यक्ष भुमिराज अधिकारीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आत्मनिर्भर र सचेत नागरिक बन्न प्रेरित गर्ने साथै विद्यार्थीहरूलाई पढाइसँगै वित्तीय रूपमा सक्षम बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी, क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Oplus_131072


divya collage
unigloble collage