केपी ओलीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : प्रचण्ड

सम्पत्ति छानबिनमा सहयोग गर्ने प्रतिबद्धता

2.85K
shares

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली माथि निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने बताएका छन्।

आइतबार पेरिसडाँडास्थित नेकपा कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले कुनै पनि राजनीतिक आग्रह–पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले यसअघि नै संसदमा उठाएको स्मरण गराउँदै यस्तो छानबिनमा सहयोग गर्न तयार रहेको बताए। “सम्पत्ति छानबिन पारदर्शी र निष्पक्ष हुनुपर्छ, हामी त्यसमा सहयोग गर्छौँ,” प्रचण्डको भनाइ छ।

त्यस्तै, प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमबारे आफूले विस्तृत रूपमा अध्ययन गर्न बाँकी रहेको बताए। उक्त कार्यक्रमबारे पूर्ण रूपमा हेरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने उनले स्पष्ट पारे।

राजनीतिक वृत्तमा पछिल्ला दिनमा उच्च तहका नेताहरूको सम्पत्ति र पारदर्शितामाथि बहस चुलिँदै गएको सन्दर्भमा प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


divya collage
unigloble collage