‘बालेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित’ : प्रचण्ड

1.29K
shares

२९ वैशाख, काठमाडौं।   पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको संकल्पको जित भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे। संसदको वर्तमान स्वरूपलाई उनले “रगतले लेखिएको कथा” को संज्ञा दिए।

उनले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई ऐतिहासिक उपलब्धि भएको बताए।

प्रचण्डले रवि लामिछाने सहित नयाँ नेतृत्वलाई बधाई दिँदै बालेन शाहको प्रधानमन्त्रीसम्मको यात्रा क्रान्तिकै निरन्तरता भएको धारणा राखे।

उनले संसदलाई हजारौं शहीदको बलिदानबाट बनेको संस्था भएको उल्लेख गर्दै बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिए।

रुकुम पूर्वबाट निर्वाचित उनले आफूलाई जिताउने मतदाताप्रति आभार व्यक्त गर्दै नयाँ सांसदहरूलाई बधाई दिएका छन्। साथै बलिदान बिर्सिए लोकतान्त्रिक संरचना कमजोर हुने चेतावनी दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083