डोजर अभियानमा प्रचण्डको आक्रोश: ‘पञ्चायती निरंकुशताको झझल्को देखियो’

1.68K
shares

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर घर भत्काउने कार्यलाई पञ्चायती निरंकुशताको झझल्को दिने कार्य भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले गरिब तथा सुकुम्बासीमाथि भएको दमनप्रति कडा आपत्ति जनाए।

उनले विगतको पञ्चायती शासनको उदाहरण दिँदै भने, “हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरिबका छाप्रा भत्काउने गर्दथ्यो, आज लोकतन्त्रमा पनि जनताका बस्ती भत्काइएका छन्।”

प्रचण्डले बस्ती हटाउँदा बालबालिका र महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा देखिएका पीडादायक दृश्यहरूले पुरानो दमनको सम्झना दिलाएको बताए। उनले वर्तमान सरकारको कदमले गरिब वर्गलाई नै निशाना बनाएको हो कि भन्ने प्रश्न उठाउँदै यस्तो तरिकाले विकास सम्भव नहुने धारणा राखे।

“गरिबहरू समृद्धिका बाधक होइनन्, सुकुम्बासी विकासका अवरोधक होइनन्, बिना योजना र तयारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न,” उनले भने।

संविधानले सुनिश्चित गरेको आवास अधिकारको स्मरण गराउँदै उनले राज्यले विपन्न नागरिकको संरक्षण गर्नुपर्नेमा जोड दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083