दुई दशकदेखि निरन्तर शतप्रतिशत नतिजा दिने, मनास्लु वर्ल्ड कलेज
मनास्लु वर्ल्ड कलेज : लर्नर्सलाई लिडर्स बनाउने एउटा उत्कृष्ट शैक्षिक गन्तव्य
वि.सं.२०८३ जेठ ६ बुधवार १७:५९
shares

काठमाडौँ। कुनै समय थियो, जब माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू प्लस टु छनोट गर्दा कुनै पनि शैक्षिक संस्थाले प्राप्त गरेको नतिजा हेर्ने गर्थे। त्यो समय प्रमाणपत्रमा प्राप्त गरिने अंक नै शैक्षिक उपलब्धि मापनको आधार थियो। तर अहिले समय फेरिएको छ। आजका विद्यार्थीलाई खालि प्रमाणपत्र दिनु मात्रै पर्याप्त छैन। उनीहरूलाई शैक्षिक उपलब्धि सँगै सिप र दक्षता दिएर जीवन बाँच्न सक्ने बनाउनु पर्ने भएको छ। तर हाम्रा सबै शैक्षिक संस्थाहरूले यो समयको माग सँग आफूलाई समायोजन गर्न सकिरहेका छैनन्। त्यसैले त धेरै विद्यार्थीहरूको गुनासो रहने गरेको छ। “पढाई राम्रो भएको ठाउँमा अतिरिक्त क्रियाकलाप र सिप विकास छैन र यस्ता गतिविधिहरूमा बढी जोड दिइने कलेजहरूको नतिजा चाहेजस्तो छैन।” हो, यही समस्याको समाधान हो चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज।
तपाईँले सही पढ्नुभयो, उत्कृष्ट नतिजा र पढाई सँगै अतिरिक्त क्रियाकलाप तथा सिप विकास। यही हो मनास्लु वर्ल्ड कलेजको विशेषता। त्यसैले त स्थापनाको ६ वर्ष पुरा गर्दै गर्दा नै मनास्लु देशभरका प्लस टु पढ्ने विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। शिक्षासँगै सीपलाई जोडेर विद्यार्थीको समग्र विकास गरिनुपर्छ भन्ने दर्शनका साथ सुरु गरिएको मनास्लुले स्थापना कालमै देखाएको भविष्यका नेतृत्वकर्ता जन्माउने आफ्नो प्रतिबद्धता पछिल्ला पाँच वर्षमा व्यवहारमा उतारेको छ।
![]()
यसै अनुरूप प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय मार्फत विद्यार्थीहरूलाई पुस्तकको ज्ञानसँगै व्यवहारिक तालिम मनास्लुमा दिइँदै आएको छ। शैक्षिक नतिजाका हिसाबले पनि मनास्लु अब्बल देखिएको छ भने अतिरिक्त क्रियाकलापका क्षेत्रमा त यो कलेज राजधानीका धेरै शैक्षिक संस्थालाई उछिन्दै अगाडि बढिरहेको छ। चाहे त्यो बास्केटबल प्रतियोगिताको सिलसिला होस्, फुटबलको प्रतिस्पर्धा होस्, गायन तथा नृत्यको भिडन्त होस् वा एमबिबिएस र इन्जिनियरिङ छात्रवृत्तिमा भएका उपलब्धिहरू—मनास्लुका विद्यार्थीले सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन्। त्यसैले त यो कलेज लर्नर्सलाई लिडर्स बनाउने उत्कृष्ट शैक्षिक गन्तव्य हो।
कलेजका कार्यकारी निर्देशक कुमार मोक्तानका अनुसार मनास्लुको शैक्षिक मोडलको अर्को महत्त्वपूर्ण पक्ष ‘लिडरसिप डेभलपमेन्ट बुटक्याम्प’ हो। मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, “हामी विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर निकालेर लिडरसिप स्किल, पब्लिक स्पिकिङ, टाइम म्यानेजमेन्ट, सेल्फ कन्फिडेन्स, कम्युनिकेसन स्किल र टिमवर्क जस्ता व्यावहारिक क्षमतामा केन्द्रित विशेष प्रशिक्षण दिन्छौँ।” यस्ता बुटक्याम्पहरूले विद्यार्थीलाई पढाइमा मात्रै होइन, जीवनका वास्तविक चुनौती सामना गर्न सक्षम बनाउने काम गरेको उनको भनाई छ।
कलेजले “वान स्टुडेन्ट, वान स्किल” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै प्रत्येक विद्यार्थीलाई कुनै न कुनै व्यावसायिक सीपसहित बाहिर पठाउने लक्ष्य राखेको छ। यही कारण मनास्लुबाट पास भएका विद्यार्थीहरू केवल प्रमाणपत्र बोकेर होइन, आत्मविश्वास र दक्षतासहित विभिन्न क्षेत्रमा स्थापित भइरहेका छन्।
अतिरिक्त क्रियाकलाप मनास्लुको अर्को पहिचान हो। फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्यदेखि लिएर विभिन्न प्रतियोगिताहरूले विद्यार्थीको प्रतिभा उजागर गर्ने काम गरिरहेका छन्। कलेजले आयोजना गर्ने मनास्लु आइडल, डान्सिङ स्टार, मिस्टर एण्ड मिस मनास्लु जस्ता कार्यक्रमहरूले विद्यार्थीलाई नेतृत्व क्षमता, प्रस्तुति कला र आत्मविश्वास विकास गर्न ठुलो भूमिका खेलेका छन्। यी कार्यक्रमहरू विद्यार्थीले सबैभन्दा मनास्लु बारे सबैभन्दा बढी चासो राख्ने गतिविधिका रूपमा समेत स्थापित भएका छन्।
आधुनिक प्रविधिको प्रयोगले पनि मनास्लुलाई फरक बनाएको छ। स्मार्ट कक्षा, एआई इन्टिग्रेटेड सिकाइ प्रणाली, डिजिटल लाइब्रेरी र आधुनिक ल्याबहरूले शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाएका छन्। साथै विद्यार्थीको मानसिक स्वास्थ्य, व्यक्तित्व विकास र करिअर मार्गदर्शनका लागि विशेष काउन्सिलिङ प्रणाली पनि लागू गरिएको छ।
यिनै विशेषताहरूका कारण विगतका वर्षहरूमा कलेजले प्राप्त गरेका उपलब्धिहरूको सूची लामो छ। यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा समेत मनास्लुले सफलता हासिल गरेको छ। ‘मेरो डान्स युनिभर्स’ नामक अन्तर्राष्ट्रिय रियालिटी सो मा मनास्लु ‘फर्स्ट रनर अप’ बन्न सफल भएको हो। यस उपलब्धिले नेपाली मौलिक सांस्कृतिक नृत्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न कलेज सफल भएको देखाउँछ। त्यस्तै मनास्लु हस्पिटालिटी क्लबले आयोजना गरेको फुड फेस्टले विद्यार्थीलाई कार्यक्रम व्यवस्थापन, प्रायोजन व्यवस्थापन लगातय समग्र सिप सिकाउने अवसर प्रदान गरेको छ।
कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ प्लस टु शिक्षाका लागि मनास्लु रोज्नुपर्ने कारणलाई पाँच मुख्य आधारमा व्याख्या गर्छन्। उनी भन्छन्, “शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैमा अवसर पाउन, प्लस टु बाटै भविष्य केन्द्रित बन्न, डिजिटल र एआई समायोजित कक्षामा पढ्न, प्रतिभा र व्यक्तित्व विकास गर्न तथा आजका विद्यार्थीले खोजेजस्तै शैक्षिक वातावरण पाउन मनास्लु नै उपयुक्त हो।”
कलेजका अध्यक्ष गेन्द्र लामाको भनाइमा मनास्लुको विशेषता केवल शैक्षिक नतिजामा मात्र सीमित छैन। यहाँको शिक्षण पद्धति पूर्ण रूपमा व्यवहारिक र सीपमुखी बनाइएको छ। “बैंकिङ, होटल म्यानेजमेन्ट, मिडिया, फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ देखि कानुनी अध्ययनसम्मका लागि आवश्यक तालिमहरू नियमित रूपमा सञ्चालन गरिन्छन्,” उनी भन्छन्। “विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वास्तविक संसारसँग जोड्ने उद्देश्यले स्टुडियो भिजिट, कोर्ट भिजिट र इन्डस्ट्री अब्जर्भेसन जस्ता कार्यक्रमहरू पनि नियमित अभ्यासमा छन्।”
लामाका अनुसार यिनै अभ्यासले मनास्लु ब्याण्ड, विद्यार्थी द्वारा सञ्चालित पोडकास्ट र ‘भ्वाइस अफ मनास्लु’ (म्यागेजिन) जस्ता प्लेटफर्महरूलाई पनि सशक्त बनाएको छ, जसले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ।
प्रत्येक वर्ष भारतीय दूतावासले प्रदान गर्ने छात्रवृत्ति र फुलब्राइट सहित अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूले दिने छात्रवृत्तिमा मनास्लुका विद्यार्थीको दबदबा रहँदै आएको छ। यस्तै विविध उपलब्धिहरू प्राप्त गर्ने विद्यार्थीहरूलाई समेटेर हरेक वर्ष १० विधामा विद्यार्थीलाई ‘मनास्लु एक्सिलेन्स अवार्ड प्रदान गरिँदै आएको छ।
कलेजले आफ्नो शुल्क नीति पनि सबैका लागि पहुँचयोग्य बनाएको छ। आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मनास्लुले छात्रवृत्ति तथा सहकार्य कार्यक्रम मार्फत अध्ययनको अवसर सुनिश्चित गर्दै आएको छ।
तपाईँ आफ्नो वा आफ्ना विद्यार्थीको पूर्ण विकास चाहनुहुन्छ भने मनास्लु तपाईँका लागि सर्वोत्कृष्ट छनोट हुनसक्छ। मनास्लु, एउटा यस्तो कलेज जहाँ कक्षामा शिक्षा छ, कलेजको वातावरणमा चरित्र निर्माण छ, खेल मैदानमा आत्मविश्वास छ, स्टुडियोमा सीप छ र जीवनमा नेतृत्व गर्ने हिम्मत छ।

























