एसपी रबिन कार्कीद्वारा रोशीमा बाढी तथा पहिरोको जोखिम सम्भावित क्षेत्रहरूमा अनुगमन

2.64K
shares

काभ्रे । प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीद्वारा रोशीमा बाढी तथा पहिरोको जोखिम सम्भावित क्षेत्रहरूमा पुगेर अनुगमन गरेका छन्।

काभ्रेका एसपी रबिन कार्कीले अत्यधिक वर्षाका कारण हुने बाढी तथा पहिरोको जोखिम सम्भावित रोशी गाउँपालिका र मंगलटार क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हाे ।

एसपी रबिन कार्कीले अविरल वर्षा र रोशी खोलामा आउने बाढीका कारण उक्त क्षेत्रका अस्थायी डाइभर्सन र सडक खण्डहरू बारम्बार प्रभावित हुने गरेकाले उक्त स्थानको निरीक्षण गर्नुभएको थियाे।


divya collage
unigloble collage