नेपाल काष्ठमण्डप कलेज : गुणस्तरीय शिक्षाको पहिचान सीप, प्रविधि र सफलताको केन्द्र भविष्य निर्माणको भरोसायोग्य कलेज

949
shares

काठमाडौं । शिक्षामा समर्पित, चुस्त र दूरदर्शी व्यवस्थापनले तयार गरेको उर्बर धरातल हो, नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल । काठमाडौँको कलंकीमा दक्ष प्राज्ञिक व्यक्तित्व, अनुभवी शिक्षक, बैंकर र सफल उद्यमीहरूको सामूहिक लगानी र व्यवस्थापनमा सञ्चालित यो स्कुलले स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ।

कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन गराउँदै आएको नेपाल काष्ठमण्डपले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

स्कुलको अर्को मुख्य विशेषता भनेकै यहाँको शान्त र प्रविधिमैत्री वातावरण हो। कलंकी चोकबाट मात्र १०० मिटरको दूरीमा रहेको यो स्कुल सहरको कोलाहलबाट टाढा रहे पनि यातायात र सञ्चारको पहुँचका हिसाबले निकै सुगम स्थानमा छ।

विद्यार्थीहरूको चौतर्फी विकासका लागि स्कुलले केवल पाठ्यपुस्तकमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलाप र भाषा शिक्षणलाई पनि प्राथमिकता दिएको छ। यहाँ नियमित पाठ्यक्रमका अतिरिक्त आइएलटिएस, टोफेल, चिनियाँ र कोरियन भाषाका कक्षाहरू समेत सञ्चालन हुने गर्दछन्। प्रयोगात्मक सिकाइका लागि स्कुलले अत्याधुनिक प्रयोगशाला, सुसज्जित पुस्तकालय र नियमित अनुसन्धान जर्नलहरू प्रकाशन गर्दै आएको छ।

स्कुल प्रशासनका अनुसार विद्यार्थीहरूको शैक्षिक प्रगतिको सूक्ष्म निगरानीका लागि इन्डिभिजुअल प्रोफाइल तयार पार्ने गरिएको छ, जसमा विद्यार्थीको उपस्थिति, व्यवहार र शैक्षिक नतिजाको नियमित अभिलेख राखिन्छ। मासिक परीक्षा र त्रैमासिक परीक्षाहरू मार्फत विद्यार्थीहरूको मूल्यांकन गरी उनीहरूको कमजोरी सुधार्न विशेष परामर्श समेत प्रदान गरिन्छ।

खेलकुद र सिर्जनात्मक गतिविधिमा पनि काष्ठमण्डप स्कुलको प्रदर्शन उत्साहजनक छ। हालै सम्पन्न विभिन्न अन्तर-स्कुल हाजिरीजवाफ र फुटसल प्रतियोगिताहरूमा यस स्कुलले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न यहाँ ‘विद्यार्थी काउन्सिल’ सक्रिय रहेको छ, जसले व्यवस्थापन र विद्यार्थीबीच पुलको काम गर्ने गर्दछ।

गुणस्तरीय शिक्षा, सुरक्षित पूर्वाधार र विद्यार्थीको भविष्यप्रति जिम्मेवार शिक्षण पद्धतिका कारण नेपाल काष्ठमण्डप स्कुल नेपालको शैक्षिक क्षेत्रमा एक भरपर्दो नामका रूपमा स्थापित हुँदै गएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083