विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित : नोबेल एकेडेमी
शिक्षा, अनुशासन र सफलताको उत्कृष्ट गन्तव्य - नोबेल एकेडेमी
वि.सं.२०८३ जेठ ८ शुक्रवार २२:१८
shares

काठमाडौं । झण्डै तीन दशकदेखि नेपालको शैक्षिक क्षेत्रमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै एक अब्बल शिक्षण संस्थाको पहिचान बनाउन सफल छ, नोबेल एकेडेमी सेकेण्डरी स्कुल ।
सन् १९९८ मा शिक्षाप्रेमी र दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित नोबेल एकेडेमी को-एजुकेसन पद्धतिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रही आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको छ।
काठमाडौँ उपत्यकाको मुटु नयाँ बानेश्वरमा आफ्नै अत्याधुनिक भवनमा सञ्चालित यो एकेडेमी विद्यार्थीहरूका लागि सहज पहुँच र उत्कृष्ट शैक्षिक वातावरणको पर्याय बनेको छ।
शिक्षा मन्त्रालयद्वारा निर्धारित पाठ्यक्रमलाई आधार मानी अनुभवी र प्रतिस्पर्धी प्राध्यापकहरू मार्फत प्रदान गरिने यहाँको शिक्षा पूर्ण रूपमा गुणस्तरीय र समयसापेक्ष रहेको छ। विद्यार्थीमैत्री शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र सह(क्रियाकलापमा नोबेलले विशेष जोड दिँदै आएको छ। जसले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नदिई एक जिम्मेवार ग्लोबल सिटिजन बन्न अभिप्रेरित गर्दछ।
एकेडेमीको सफलताको पुष्टि यसले प्राप्त गरेका प्रतिष्ठित अवार्ड र विद्यार्थीहरूको नतिजाले गर्छ। सन् २०१९ मा काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिल दुवैबाट बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल यस संस्थाका चार जना विद्यार्थीले सोही वर्षको एसईई परीक्षामा ४ जिपिए हासिल गरेर कीर्तिमान कायम गरेका थिए।
हाल नोबेल एकेडेमीले माध्यमिक तह अन्तर्गत विज्ञान, व्यवस्थापन र ललितकला संकायमा उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ विद्यार्थीहरूलाई विषयवस्तु जान्न मात्र नभई सिक्न र व्यवहारमा उतार्नका लागि सीपमूलक र प्रयोगात्मक कक्षाहरू प्रदान गरिन्छ। संस्थाले आफ्नै सुविधासम्पन्न क्याफेटेरिया, यातायात, व्यवस्थित पुस्तकालय र अत्याधुनिक भौतिक, रसायन, जीवविज्ञान तथा कम्प्युटर प्रयोगशालाहरूको व्यवस्था गरेको छ। सुरक्षित र मायालु वातावरणमा स्वतन्त्र सिकाइ र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको नोबेल एकेडेमीले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरको प्रतिस्पर्धाका लागि तयार पार्दै आएको छ।































