डिजिटल लर्निङ र प्रविधिमैत्री शिक्षा र उज्ज्वल भविष्यको भरोसा : NASA Secondary School

डिजिटल लर्निङ र प्रविधिमैत्री डिजिटल शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै NASA Secondary School शिक्षाको नयाँ आयाम, नासा सेकेण्डरी स्कुल

1.2K
shares

काठमाडौं । नेपालको शैक्षिक मानचित्रमा गुणस्तर र प्रविधिलाई एउटै सिक्काका दुई पाटाका रूपमा स्थापित गर्न सफल नाम हो, नासा सेकेण्डरी स्कुल । राजधानीको तीनकुनेस्थित शान्त र हरियाली वातावरणमा ठडिएको यो स्कुल केवल एउटा शैक्षिक संस्था मात्र होइन, बरु भोलिका कर्णधारहरूको भविष्यलाई वैश्विक मापदण्डमा ढाल्ने एउटा आधुनिक फ्युचरिस्टिक हब हो।

जहाँ ज्ञान र नवीनता भेटिन्छन् भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको नासाले प्लस टु तहका विद्यार्थीहरूका लागि यस्तो धरातल तयार गरेको छ, जहाँ परम्परागत किताबी ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको सुन्दर फ्युजन भेटिन्छ।

नासा स्कुलको सबैभन्दा बलियो पक्ष यसको आईएसओ ९००१–२०१५ प्रमाणित पूर्वाधार हो। यहाँका हरेक कक्षाकोठाहरू स्मार्ट मात्र छैनन्, बरु एआईजडित डिजिटल प्रविधिले सुसज्जित छन्। यसले विद्यार्थीलाई विश्वको जुनसुकै कुनामा भइरहेका नवीन अनुसन्धानसँग प्रत्यक्ष जोड्छ। नवीनतम सफ्टवेयर सहितको कम्प्युटर ल्याब र विशाल डिजिटल लाइब्रेरीले यहाँको सिकाइलाई थप रोचक र अनुसन्धानमुखी बनाएको छ।

 

विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा प्रमुख संकायमा नासाले आफ्नो बलियो उपस्थिति जनाएको छ। विशेषगरी, ११ कक्षाको सुरुवातदेखि नै सञ्चालन गरिने प्रि मेडिकल र प्रि–इञ्जिनियरिङ कक्षाहरूले विद्यार्थीलाई भविष्यको चुनौतीपूर्ण प्रवेश परीक्षाका लागि जगैदेखि तयार पार्छन्। यहाँबाट दीक्षित विद्यार्थीहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, सिए र कृषि विज्ञान जस्ता विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु नै यसको गुणस्तरको जीवित प्रमाण हो।

 

पढाइमा मात्र होइन, नासाले खेलकुदको मैदानमा पनि आफ्नो विरासत कायम गरेको छ। फुटसल, बास्केटबल र क्रिकेटमा राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गरिसकेको यस स्कुलले विद्यार्थीहरूलाई व्यावसायिक तालिम र अवसरहरू प्रदान गर्छ।

काठमाडौँको मुटुमा भए तापनि विद्यार्थीको सहजताका लागि स्कुलले आफ्नै सुविधासम्पन्न होस्टेल र यातायातको व्यवस्था गरेको छ। आर्थिक बोझलाई कम गर्न न्यून शुल्कमा उच्च शिक्षा र जेहेन्दार विद्यार्थीका लागि थुप्रै आकर्षक छात्रवृत्ति योजनाहरू ल्याइएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083