हिरासत सुधारदेखि प्रहरी पूर्वाधार विकाससम्म उल्लेखनीय काम गर्दै बिदा भए एसपी भरत बि.क

उत्कृष्ट कार्यकालपछि गोरखा प्रहरी कार्यालयबाट बिदा भए एसपी भरत बि.क

1.35K
shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बि.क सरुवा भई बिदा भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उनको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा “स्वागत तथा फेरि भेटौँला कार्यक्रम” आयोजना गरी बिदाइ गरिएको हो।

कार्यक्रममा बोल्दै एसपी बि.कले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारी, स्थानीय तह, सञ्चारकर्मी तथा गोरखावासीप्रति धन्यवाद व्यक्त गरे। उनले गोरखामा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, हिरासत कक्षको आधुनिकीकरण तथा प्रहरी चौकीहरूको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको बताए।

उनले एक वर्षको कार्यकालमा सौरपानी प्रहरी चौकीलाई पक्की भवनमा स्थानान्तरण गरिएको तथा आर्खेत प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको जानकारी दिए।

सो अवसरमा गोरखामा नयाँ प्रहरी प्रमुखको रूपमा आएका प्रहरी उपरीक्षक अनिल कुमार खड्कालाई स्वागत समेत गरिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नं. ७०८५ २०८३/०२/०१ गतेको निर्णयअनुसार एसपी खड्का गोरखाको कार्यालय प्रमुखको रूपमा सरुवा भई आएका हुन् भने भने एसपी वि.क अन्यत्र सरुवा हुनु भएको हो।

त्यसैगरी नवआगन्तुक एसपी अनिल कुमार खड्काले सरुवा भएर जान लाग्नुभएका एसपी विकको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले गोरखामा शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी कर्मचारी, विभिन्न सरोकारवाला निकाय तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083