मधेशकै उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय पर्सा, एसपी सुदिपराज पाठक सम्मानित

1.39K
shares

काठमाडौ । जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा सम्मानित भएको छ ।

वार्षिक कार्यसम्पादन सम्झौतामा तोकिएका विभिन्न सूचकहरूमा उत्कृष्ट नतिजा हासिल गरेपछि पर्सा प्रहरीले मधेश प्रदेशका आठवटै जिल्लामध्ये पहिलो स्थान प्राप्त गर्न सफल भएको हो ।

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण, फरार अभियुक्त पक्राउ, राजस्व चुहावट नियन्त्रण, प्रहरी प्रशासनको चुस्तता तथा नागरिकमैत्री सेवा प्रवाह लगायतका सूचकहरूमा उत्कृष्ट कार्य सम्पादन गरेबापत पर्सा प्रहरीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकलाई ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ को प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083