आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

520
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धान र मध्यम धानको खरिद मूल्य तय गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ। किसानले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्न प्रत्येक वर्ष सरकारले समर्थन मूल्य तोक्दै आएको छ।

बैठकले नेपाल–चीन विद्युत् अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत चिलिमे–केरुङ आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्रसमेत स्वीकृत गरेको छ। उक्त आयोजना नेपाल र चीनबीच विद्युत् व्यापार विस्तारको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

त्यसैगरी, सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमिततासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र बचतकर्ताको रकम हिनामिनाबारे आयोगले अध्ययन गरेको थियो।

मन्त्रिपरिषद् बैठकले मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083