प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीकाे प्रमुख आतिथ्यतामा “नागरिक सुनुवाई” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८३ जेठ १३ बुधवार २०:३१
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की प्रमुख आतिथ्यतामा “नागरिक सुनुवाई” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलले आयोजना गरेको सुरक्षा जनचासो र समाधान बिषयक “नागरिक सुनुवाई” कार्यक्रम बुधबार काठमाडौं महानगरपालिका २६ होटल Yatri & Buddy ठमेलमा सम्पन्न भएको हाे ।
“नागरिक सुनुवाई” कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हाम्रो विकासको आधार भनेको पर्यटन भएकोले सभ्य सुरक्षित समाज निर्माण गर्न नागरिक समाज र नेपाल प्रहरी हातेमालो गरी समुदायले चाहेको सकारात्मक परिर्वतनको लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।
उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख, विभिन्न व्यवसायीहरू, पूर्व प्रहरी कर्मचारीहरू, ठमेल पर्यटन बोर्डका पदाधिकारी,सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।





























