असाही ट्रेक्स एण्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक अन्जन थापाद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना

273
shares

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको पावन अवसरमा असाही ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक अन्जन थापा (कुमार) ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

काठमाडौंमा रहेको असाही ट्रेक्स एण्ड एक्सपेडिसनले नेपालको पर्यटन प्रवर्द्धन तथा साहसिक पर्यटनका क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ। पर्वको अवसरमा प्रबन्ध निर्देशक थापाले नेपालीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा विशेष महत्त्व राख्ने यी चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

विजयादशमीले सत्यको विजय र सकारात्मक सोचको सन्देश दिने, दीपावलीले उज्यालो, आशा र समृद्धिको प्रेरणा प्रदान गर्ने तथा छठ पर्वले आस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानलाई अभिवृद्धि गर्ने विश्वास गरिन्छ।

यी पर्वहरूले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। चाडपर्वको यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको जीवनमा खुसी, उमङ्ग र नयाँ उत्साह थपियोस् भन्ने कामना गरिएको छ।
असाही ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक अञ्जन थापा (कुमार) ले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै विजयादशमी–२०८३, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083