कर्मचारीतन्त्रले काम गर्न सके मात्र जनअपेक्षा पूरा सक्ने प्रचण्डको दाबी

7.37K
shares

काठमाडौं । जनअपेक्षा अनुसार कर्मचारीतन्त्रले काम गर्न सके मात्र जनअपेक्षा पूरा सक्ने प्रचण्डले दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष दाहालले विकास र निर्माणले गति लिने विश्वास व्यक्त गरे ।

जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको उल्लेख गर्दै उनले जनताको अपेक्षानुसार काम गर्ने अवसर प्राप्त भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘जनअपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, जनअपेक्षा पूरा गर्न माध्यम कर्मचारीतन्त्र भएकोले कर्मचारीले यो महत्वपूर्ण भुमिका इमान्दारीका साथ पूरा गर्नुपर्छ ।’

जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै उनले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083