३३ किलो सुन काण्डमा आरोपित एसएसपी खत्रीलाई पक्रन देशभर प्रहरी परिचालन

वि.सं.२०७५ वैशाख १८ मंगलवार १५:३८
5.72K
shares
shares

काठमाडौं । गत माघको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएसँगै गायव भएको ३३ किलो सुन काण्ड आरोपित फरार एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न देशभरका प्रहरीलाई सर्कुलर गरिएको छ ।
‘अनुसन्धान समितिले उपस्थित गराउनु भनेपछि सम्पर्कबिहिन भएका एसएसपी खत्रीलाई पक्रेर ल्याउन भनेर देशभरका प्रहरीलाई भनिएको हो’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले भने । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले सुन तस्करीमा एसएसपी खत्रीको संकास्पद भूमिका देखिएको भन्दै अनुसन्धानका लागि बोलाएको थियो । समितिले बोलाएको बेला बिदामा बसेका एसएसपी खत्री त्यसपछि सम्पर्कबिहिन भएका छन् । प्रहरीले उनका चालक प्रहरी जवान विष्ण खड्कालाई भने पक्राउ गरेको छ । चालक पक्राउ परेदेखि नै एसएसपी खत्री फरार भएका छन् ।