बुटबल पुगेर कांग्रेस नेता रिजालले दिए प्रधानमन्त्रीलाई चुनौती-“गफ मात्रै होइन, काम गरेर देखाउनुस”

6.84K
shares

बुटवल । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गरेर देखाउन चुनौती दिएका छन् । उनले अरुको अहंकार मुलुकको समृद्धि नहुने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन् ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिहरुले कम्युनिष्ट सरकार पनि त्यही बाटोमा अघि बढ्न लागेको त होइन भन्ने शांका लागेको बताए । प्रधानमनत्री ओलीले आफनै प्रशंसा आफैं गरेर हिड्न थालेको भन्दै नेता रिजालले काम गरेर देखाए मात्र नागरिकले हाइहाइ गर्ने बताए । ‘यति ठूलो बहुमत हुनेले गफ गर्ने होइन, काम गरेर देखाउनुस् । तपाँईको काम बोलेर खिसीटिउरी गर्ने होइन, काम गरेर देखाउने हो ।’ उनले भने, ‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैन । अन्तिम सत्य मैले देखेको छु, अरुले देखेको छैन । अरु सब गलत हुन भन्दै हिँड्नु राम्रो होईन ।’ कांग्रेस केन्द्रीय सदस्य रिजालले अहिले पार्टीभित्र विवाद गर्ने बेला नभएको भन्दै उनले मिलापका साथ अघि बढ्नुपर्ने बताए ।