श्रमिक दिवसका दिन भाइरल बनेको यो तस्बिर, मजदुरलाई के-को दिवस, के-को बिदा?

२०७५ वैशाख १८ मंगलवार
1.7K
shares
काठमाडौ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । यही दिवसको अवसर पारेर सरकारले देशभर सार्वजनिक विदा समेत दिएको छ । श्रमिकका अधिकार रक्षाको माग गर्दै अधिकारकर्मीहरु गगनभेदी नारा लगाउँदै सडकमा र्याली गरिरहेका छन् ।
तर एकजना श्रमिक महिला, जसलाई आफ्नो अधिकार र दिवसको कुनै परवाह छैन । छ त केवल दैनिकी रोजीरोटीको । उनलाई न श्रमिक दिवसले छोएन । न उनलाई सार्वजनिक बिदा नै छ, न त उनलाई कुनै अधिकारको बारेमा जानकारी छ । उनलाई फिक्री छ त मात्रै आफ्नो श्रमको । उनलाई अनेक नारा लेखिएका प्लेट समाउन र व्यानरमा फोटो खिचाउन समेत कुनै रहर छैन । रहरै भएपनि उनको हात खाली छैन । पिठ्युँमा भारी, एक हातमा बेच्नका लागि बोकिएका केही काँक्रा र अर्को हातमा टोकरी । यो नै उनको लागि काफी छ ।
यो एक प्रतिनीधि तस्बिर मात्र हो । बिश्व भरी श्रमिक दिवस मनाइरहँदा बास्तबिक मजदुर भने दिवस र आफ्नो अधिकारका बारेमा बेखबर छन् ।
तस्बिर:रासस

२०७५ वैशाख १८ मंगलवार