कोहलपुरका सबै विद्यालय बन्द
वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:०४
5.5K
shares
shares

बाँके । बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय सोमबार बन्द भएका छन् ।
प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रहरीले कर्फ्यू लगाएको थियो ।
कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको र फेरि पनि प्रदर्शन भए कर्फ्यू लाग्ने जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख कृष्णकान्त उपाध्यायले बताए ।
कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।






























