कौडा गीतमा छमछमी नाचे चिनियाँ पर्यटक

Nepal Life Insurance Long Ad

मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए ।

पर्यटकलाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकीसहित फूलको माला लिएर बसेको देखेपछि माइक्रो बसमा आएका चिनियाँ पर्यटक स्वतःस्फूर्तरूपमा ओर्लिए । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उनीहरुलाई फूलको माला लगाइदिएर स्वागत गरे । स्वागतपश्चात् खुशी भएका चिनियाँ पर्यटक ३० मिनेटजति कौडा गीतमा नेपालीसँगै छमछमी नाचे । अध्यक्ष गुरुङले गाउँपालिकाको पर्यटकीयस्थल र यहाँको जनजाति र सीमान्तकृत चेपाङ समुदायका बारेमा जानकारी दिँदै इच्छाकामनामा भ्रमण गर्न आग्रह गरे । चिनियाँ पर्यटकले सामूहिक फोटो खिचेर धन्यावाद पनि दिए ।

विभिन्न देशबाट आएका सयौँ पर्यटकलाई स्वागत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानअन्तर्गत गाउँपालिकाले पर्यटकलाई स्वागत गरिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ‘भिजिट इच्छाकामना’ अभियान सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समितिसमेत गठन गरिएको छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...