रसुवामा हेलिप्याड बनाउन असहज

Nepal Life Insurance Long Ad

रसुवा । जिल्लाका अधिकांश बस्तीमा हेलिप्याड नहुँदा आकस्मिकरूपले लिनुपर्ने हेलिकप्टर सेवा अझै पनि ग्रामीणवासीले सहजरूपमा लिन सकेका छैनन् । हेलिप्याड मानव बस्तीको नजिक आवश्यकपर्ने र जिल्लाको प्राय भिरालो जमिन, गाउँटोल नजिक खुलाचौर वा सार्वजनिक स्थान नभएको, खेती गर्ने जमिनका वरिपरि बोटबिरुवा भएका कारण आकस्मिक हावाई सेवा लिन समस्या परिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायाममा प्रायजसो ग्रामीण सडक बाढीपहिराले अवरूद्ध हुने र दुर्घटनाबाट गम्भीर चोटपटक लागेका, एपेन्डिसाइट भएका र गर्भवतीसमेतलाई छिटोछरितो हेलिकप्टरद्वारा राजधानीका सुविधा सम्पन्न अस्पताल पठाउन हेलिप्याडको जरुरी भएको नागरिक समाजले जनाएको छ । प्रत्येक ग्रामीण बस्तीमा हेलिप्याड निर्माणका लागि विगत लामो समयदेखि आफूले आवाज उठाउँदै आएको र छिटोछरितो कार्यान्वयन हुन स्थानीय सरकारसमक्ष आग्रह गरी रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी द्एि ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार जिल्लाका अधिकांश बस्तीको भू–बनावट विकट भएको र जटिल बिरामीका लागि प्रयोग गर्नुपर्ने हेलिकप्टर सहजरूपमा अवतरण गराउने वातावरणका लागि पूर्वाधार निर्माण गराउन पाँचवटै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरिएको बताए । पहिलो चरणमा पाँच गाउँपालिका सदरमुकाम र दोस्रो चरणमा प्रत्येक बस्तीलाई पायक पर्नेबीच भागमा निर्माण गराइ हेलिप्याड निर्माण गर्ने अवधारणा बनाउनसमेत गाउँपालिकासँग आग्रह गरिएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिए । स्थानीय सरकार गठन भएको लामो समय बितिसक्दा पनि जिल्लाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाबाहेक अन्य गाउँपालिकाले हेलिप्याड निर्माण गराउने अवधारणा ल्याउन बाँकी रहेको छ ।

गोसाइँकुण्डले स्याफ्रुबेसी, जिल्ला सदरमुकाम धुञ्चे एवं आफ्नो कार्यक्षेत्रको छ वडामा हेलिप्याड निर्माण गर्ने अवधारणा बनाइसकेको र कार्यान्वयनमा ल्याउन प्रक्रिया अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । पर्यटकले प्रकृतिसँग रम्न क्षेत्र गोसाइँकुण्ड, लाङ्टाङ हिमाल, थुमनको नाकथली जस्ता पर्यटकीय प्रमुखस्थल एवं ऐतिहासिक व्यापारिक नाका रसुवागढीसमेत गोसाइँकुण्डभित्र पर्ने भएकाले अत्यावश्यक सेवाका लागि झिकाइने हेलिकप्टर सहज तरिकाले अवतरण गराउने व्यवस्थापनका लागि उपयुक्त स्थान छनोट गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताए ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...