दुर्घटनाग्रस्त विमानबाट तीन जनाको गम्भीर अवस्थामा जिवितै उद्दार
वि.सं.२०७९ माघ १ आइतवार १४:१५
6.14K
shares
shares

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको जानकारी दिए । उनीहरुलाई उद्दार गरी अस्पताल पठाइएको छ । उनीहरुको पहिचान खुलेको छैन । स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।





























