विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

4.89K
shares
काठमाडौ । यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले  ५ सदस्यीय आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा  दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले जानकारी दिए । 

कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले बताए । 

आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई  इन्जिनियर सुनिल थापा सहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने छन् ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083