रवि लामिछानेका चालकको उपचारकाे क्रममा निधन

4.11K
shares
  1. काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए।  उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083