पुर्ब गृहमन्त्री खाण प्रहरी कार्याल टेकुमा उपस्थित, कागज गराएर छोडियो
वि.सं.२०८० वैशाख २५ सोमवार २२:१५
10.24K
shares
shares

बालकृष्ण खाण प्रहरी कार्यालयमा उपस्थित, कागज गराएर छोडियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार (आज) साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी स्रोतले बतायो ।
काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बतायो ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘घटनाको विषयमा आवश्यक सोधपुछ भयो, चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको छ’, उच्च स्रोतले मुक्ति खबरसँग भन्यो ।































