बानेश्वर बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव सम्पन्न
प्रमुख अतिथि परराष्ट्रमन्त्री एन पी साउँद

काठमाडौ । बानेश्वर बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरि मनाएकाे छ । परराष्ट्रमन्त्री एन पी साउँदकाे प्रमुख उपस्थितितिमा एवम् विभिन्न राजनिती दलका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवि, प्रध्यापक तथा विद्यार्थीहरुकाे उपस्थितिमा सप्पन्न भएकाे हाे।
३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रमाणपत्र बोकेर रोजगारी खोज्ने बेला नभएको बताउँदै उच्च शिक्षा आयोग गठन गरी नेपालको शिक्षा नीतिलाई व्यापक र समयसापेक्ष सुधार गर्ने सरकारको अठोटमा शिक्षाविद् लगायत सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए ।
नेपालको जनसंख्यामा युवाको संख्या सबैभन्दा ज्यादा रहेको उल्लेख गर्दै यो बेलामा नेपालमा आवश्यक जनशक्ति उत्पादन गर्न सकेमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नसक्ले उनको भनाई थियो ।
उक्त कार्यक्रममा सम्बाेधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पसले शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिइहेको बताए । एक जना विद्यार्थीबाट २०४७ सालमा प्रवीणताप्रमाणपत्र सुरु गरेको क्याम्पसमा हाल आफ्नै भौतिक संरचनासहित शिक्षा, मानविकी र व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहमा तीन हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिएका थिए । उनले न्यून आय भएका र जेहेन्दार विद्यार्थीका लागि निजी र आङ्गिक क्याम्पसको विकल्पका रुपमा पब्लिक क्याम्पस स्थापित भएको धारणा व्यक्त गरेका थिए ।
वार्षिकोत्सव समारोहका अवसरमा क्याम्पसमा दीर्घ सेवा गर्ने तथा विद्यावारिधि गर्ने प्राध्यापक, कर्मचारी एवं विभिन्न संकायका उत्कृष्ट विद्यार्थी लगाएत विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि नेताहरुलाई कदर स्वरुप सम्मानपत्र प्रदान गरिएको थियो ।
७ जेठ २०८०, आइतवार १९:४८ बजे प्रकाशित