डा. भट्टराई भन्छन् : ‘अवसरवादीहरु परिस्थितिको दास बन्दै रङ्ग बदल्छन्’
वि.सं.२०८० जेठ २९ सोमवार १७:२२
shares

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताएका छन् । विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ-आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छाल विरुद्ध पौडिन्छ१ मरेको माछा धारर छालसँगै बग्छ ! परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/ कट्टरपन्थी धाररछाल विरुद्ध उभिन्छन्,लड्छन् समाजलाई अग्रगामी बाटो देखाउँछन् ! युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ! विवेकको प्रयोग गरौँस आ–आफ्नो कित्ता रोजौँ !’






























