कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ
वि.सं.२०८० असार २२ शुक्रवार १०:२०
4.62K
shares
shares

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ खाएका छन्। बिहीबार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ ।
कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।































