कैलालीमा कार्यरत सशस्त्रका एसपी शाहू विरूद्ध मुद्दा

3.29K
shares

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विरसिंह शाहू विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नं. ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहू विरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो।

उनीमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ। प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो।

शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ। उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ।

अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083