इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवारलाई हराएर दक्षिण कोरियाका किम निर्वाचित

5.58K
shares

एजेन्सी । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वाचित भएका छन्।

दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वाचित भएका हुन्। इन्टरपोलको कार्यावाहक अध्यक्ष रहेका याङले रूसका अलेक्जेन्डर प्रोकोपचुकललाई पराजित गरेका हुन्। धेरैले अलेक्जेन्डरले चुनाव जित्ने अपेक्षा गरेका थिए, कतिपयको भने उनले जिते भने रूसी राष्ट्रपति भ्लाद्मिर पुटिनका आलोचकमाथि निशाना बनाउन सक्ने शंका व्यक्त गरेका थिए।

२ महिना अघि चीनले इन्टरपोलका अध्यक्षलाई हिरासतमा लिएको थियो। हिरासतबाटै उनले राजीनामा दिएपछि अध्यक्ष खाली भएको थियो। याङले २ वर्ष इन्टरपोलको अध्यक्षको रूपमा काम गर्नेछन्।


divya collage
unigloble collage