अमेरिकी पूर्व राष्ट्रपति जर्जको निधन

8.75K
shares

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच. डब्लु बुसको निधन भएको छ । बुसको ९४ वर्षको उमेरमा निधन भएको द वासिङ्गटन पोस्टले जनाएको छ ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए ।

तत्कालीन सोभियत युनियन र अमेरिकाबिचको शित युद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ । उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए । बुस अमेरिकाको ४१ औँ राष्ट्रपति हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083