राष्ट्रपति मादुरोलाई छाडेर विपक्षी नेता गुएडोलाई समर्थन गर्न भेनेजुएलाको सेनालाई ट्रम्पको आग्रह

6.27K
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई राष्ट्रपति निकोलश मादुरोको समर्थन फिर्ता लिएर विपक्षी नेता क्वान गुएडोलाई समर्थन गर्न आग्रह गरेका छन्। भेनेजुयलाको विपक्षी नेता गुएडोले गत जनवरीमा आफूलाई स्वघोषित राष्ट्रपतिमा घोषणा गरेका थिए।

क्वानलाई दक्षिण अमेरिकी देशको समर्थन रहेको छ भने राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ। त्यस्तै भेनेजुयलाको सेना राष्ट्रपतिको साथमै रहेको छ। त्यस्तै विपक्षी नेताको आग्रहमा अमेरिकाले मानवीय सामग्री भेनेजुयलाको सीमा क्षेत्र पुर्‍याएको छ। त्यस्तै अमेरिकाको त्यस्तो व्यवहारले देशमा संकट निम्त्याएको भन्दै मादुरो सरकारले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

आर्थिक संकटमा परेको भेनेजुयलाको आर्थिक अवस्था डामाडोल भएको छ। विद्युत आपूर्ति बन्द छ, आधारभूत सामाग्रीको अभावले भेनेजुयलाको जनजीवन कष्टकर बनेको छ। त्यस्तै आर्थिक मन्दीले अस्तव्यस्त बनेको भेनेजुयलाका लाखौं नागरिकहरु छिमेकी देशमा शरण लिएर बसेका छन्।


divya collage
unigloble collage