ओबामाले एक अर्ब ३३ करोडको घर किने
वि.सं.२०७६ मंसिर २९ आइतवार ०७:४८
5.77K
shares
shares

काठमाडौं। अमेरिकी राष्ट्रपती बाराक ओबाामाले भर्खरै एक अर्ब ३३ करोड मुल्य पर्ने घर किनेका छन् ।
ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक्त घर किनेका हुन् जो चर्चित बास्केटबल क्लब बोस्टन सेल्टिक्सका मालिक समेत हुन्।
६ हजार ८ सय ९२ स्क्वायर फुटमा बनेको घरमा ७ बेडरुम, ८ शौचालय, २ ग्यारेज, स्विमिङ पुल लगायतका सुविधा छन्।
सन् २०१५ देखि विक्रीमा रहेको घरको मूल्य २२।५ मिलियन डलर राखिएको थियो तर पछि घरको मूल्य घट्यो।
यसअघि जुनमा १६.२५ मिलियन डलर राखिएको थियो भने फेरि जुलाईमा १४.८५ मिलियन डलरमा घटेको थियो।
ओबामा मार्थज भाइनयार्डमा हरेक वर्षको अगष्टमा सपरिवारसँग घुम्न जान्थे।






























