बजार पाउँदै बागलुङको किबी

Nepal Life Insurance Long Ad

गलकोट । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गर्नुभएको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र रु तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए ।

‘‘उत्पादन भए बजारीकरणको समस्या छैन,’’ राष्ट्रिय किसान समूह महासङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले भन्नुभयो, “बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।” उहाँले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’’ उहाँले भन्नुभयो । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।

उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उहाँको अनुभव छ ।

घर्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थाल्नु भएको छ । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु ५०० मा बिक्री गरेको उहाँ बताउनुहुन्छ । घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ ।

अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उहाँको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसक्नुभएको छ ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...