नेकपाको स्थायी समिति बैठक सुरु

२०७६ मंसिर २९ आइतवार
972
shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ५ वटा कार्यसूची तय गरेको छ। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।
स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।

२०७६ मंसिर २९ आइतवार