पाकिस्तानका पूर्वराष्ट्रपति मुुसर्रफलाई मृत्युदण्ड दिन अदालतको आदेश

5.29K
shares

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुुसर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डकोे फैसला सुनाएको हो ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो।


divya collage
unigloble collage