ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याए : उपराष्ट्रपति बाइडेन

Nepal Life Insurance Long Ad

सिन्ह्वा । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएको छ । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका छन् ।

उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए । यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्यो- उनले भने । यदि अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए ।

उनले भने हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवारी को हुन्छ एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पनि पु-याएको उनले आरोप लगाए।

पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको पनि बताए । उनले भने– विरोधीहरुलाई हराउने र उनीहरुलाई कूटनीतिक रुपमा तल पार्ने यसरी युद्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...