चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

12.64K
shares

सिन्ह्वा सिन्ह्वा चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ । म्यानमारका राष्ट्रपति उविन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हुचुन यिङले बताए ।