सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको कुराः ट्रम्प

9.14K
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन्। ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छु, ह्वाइट हाउसमा उनले भने।कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका छन्।

संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं।’

‘त्यसैले हामीसँग धेरै केसहरू छन्’, उनी भन्दै गए,’म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ।’

अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन्।३ लाख संक्रमित भएको रसिया संक्रमित संख्याका आधारमा दोश्रो स्थानमा रहेको छ।

संघीय एजेन्सीको रोग नियन्त्रण केन्द्रका अनुसार अमेरिकामा मंगलबारसम्म १२.६ मिलियन मानिसहरूको कोरोना भाइरस परीक्षण भएको छ।बिबिसीमा प्रकाशित समाचारका अनुसार ट्रम्पको उक्त टिप्पणीमा डेमोक्र्याटिक नेशनल कमिटीले भने ट्वीटर मार्फत राष्ट्रपतिको आलोचना गरेको छ।’अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता हो’, ट्विटरमा भनिएको छ।


divya collage
unigloble collage