अमेरिकी पूर्वराष्ट्रपति बुस पत्नी बारबरा बुसको निधन
वि.सं.२०७५ वैशाख ५ बुधवार ०९:५६
11.19K
shares
shares

बारबरा बुसको निधन
अमेरिकी पूर्व प्रथम महिला बारबार बुसको ९२ वर्षको उमेरमा निधन भएको छ । स्थानीय समयअनुसार बुधवार साँझ उनको मृत्यु भएको हो । अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज बुसकी पत्नी तथा ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबरा बुस अमेरिकी इतिहासमा प्रथम महिलासँगै राष्ट्रपतिकी आमाको रूपमा ह्वाइट हाउसमा बस्ने दोस्री महिला हुन् ।
अमेरिकी इतिहासमा प्रथम महिला र राष्ट्रपतिको आमाको रूपमा ह्वाइट हाउसमा बस्ने एब्गिल एडम्स मात्र छन् ।उनी राष्ट्रपति जोन अडम्सकी श्रीमती तथा जोन क्यून्सी एडम्सकी आमा हुन् ।
बुस परिवारका पारिवारिक प्रवक्ता जी म्याकग्राथले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनको मृत्यु भएको जानकारी गराएका छन् । बुस दम्पतीले जनवरीमा ७३ औँ विवाह उत्सव मनाएका थिए ।































