रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता
वि.सं.२०७८ पुस १९ सोमवार १४:४६
shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ । उनका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उहाँहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।
त्यस अवसरमा उहाँले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।
यस अवसरमा उहाँहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी गर्नुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उनका बीचमा कुराकानी भएको बताइएको छ ।































