राष्ट्रपतिलाई अपमान गरेको आरोपमा पत्रकार पक्राउ

11.13K
shares

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ ।

कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ । टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो ।

काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ ।

सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन् । शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083