निर्मला हत्या काण्डः बम दिदी बहिनीलाई जेल

4.67K
shares

काठमाडौं । निर्मला काण्डः विष्ट र बम दिदीबहिनीलाई जेल नहाली तथ्य नखुल्ने निष्कर्षमा पुगे आईजीपी खनाल कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना जटिल हुँदै गएको छ । अभियुक्तहरूले सबै प्रमाण नष्ट गरेपछि अहिलेसम्म भएका अनुसन्धान सबै फिक्का जस्तै भएका छन् ।

यहि बिच बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आईजीपी खनालमाथि निकै कडा कडा प्रश्न राखेका थिए । जसको सामना गर्न खनाललाई निकै हम्मे हम्मे परेको थियो । उनले निलम्बित एसपी डिल्लीराज विष्टमाथि प्रमाण जुटाएर जेल पठाउन आफू लागिपरेको बताएका थिए ।

यसले विष्टमाथि नै प्रहरीको निसाना सोझिएको प्रस्ट हुन्छ । निर्मलाको बलात्कारपछि बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रूपमा झुन्ड्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । किनभने निर्मलाको भोकल कर्ड भाँचिएको पाइएको थियो ।

भोकल कर्ड झुन्डेको अवस्थामा मात्र भाँचिन सक्ने चिकित्सकहरू बताउँछन् । हतार हतारमा अम्बाको रूख काटिएको घटना र बबिता तथा रोशनी बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान नथालेसम्म निर्मलाको हत्या प्रकरण निष्कर्षमा पुग्न नसक्ने बताइएको छ ।

निर्मला पन्तको बलात्कारको प्रमाण मेट्ने अनि मुचुल्कामा उनका पिताको नक्कली हस्ताक्षर पुलिसले नै गराएको गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक गरिसकेका छन् । त्यसैले अब निलम्बित एसपी विष्टलाई पक्राउ गरी अनुसन्धान थाल्ने तयारीमा सर्बेन्द्र लागी परेको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083