यस वर्ष धेरै घाटा व्यहोर्ने प्रविधि जगतका अर्बपतिहरु

10.86K
shares

काठमाडौँ । पछिल्ला केही महिना विश्वका अधिकांश अर्बपतिहरुका लागि सुखद् रहेन । शेयर बजारको अस्थिरता तथा गिरावटका कारण अर्बपतिहरुको खुद सम्पत्ति पनि घट्दो छ । बजारको यो ट्रेण्डबाट प्रविधि जगत पनि अछुतो रहन सकेन । सन् २०१८ मा प्रविधि जगतका १० अर्बपतिले नोक्सानी व्यहोरेका छन् ।

  • मार्क जुगरबर्ग : फेसबुक सीईओ मार्क जुकरबर्गले सन् २०१८ मा १९ अर्ब ३० करोड डलर गुमाएका छन् । योसँगै जुकरबर्गको सम्पत्ति घटेर साढे ५३ अर्ब कायम भएको छ ।
  •  पोनी मा : टेन्सेन्ट होल्डिंग्स कम्पनीका संस्थापक तथा सीईओ माले यो वर्ष १० अर्ब ९० करोड डलर गुमाए । अहिले उनको कुल सम्पत्ति ३० अर्ब डलर रहेको छ ।
  • ज्याक मा : चीनको सबैभन्दा ठूलो इ–कमर्श कम्पनी अलिबाबाका संस्थापक तथा अध्यक्ष ज्याक माले सन् २०१८ मा कुल ७ अर्ब ३० करोड डलर गुमाएका छन् । अहिले उनको कुल सम्पत्ति ३८ अर्ब छ ।
  • विलियम डिंग : नेटइज कम्पनीका सीईओ डिंगले पछिल्लो एक वर्षमा ६ अर्ब ४७ करोड डलर गुमाएका छन् । उनको सम्पत्ति १३ अर्ब ९० करोड रहेको छ ।
  • चाली एर्गेन: अमेरिकाको चौथो ठूलो स–शुल्क टीभी सर्भिस डीस नेटवर्कका अध्यक्ष एर्गेनले यो वर्ष ४ अर्ब ९० करोड गुमाए । उनको कुल सम्पत्ति अहिले १० अर्ब ९० करोड डलर रहेको छ ।
  • झांग झिडोंग : टेन्सेन्ट होल्डिंग्सका सह–संस्थापक झांगले यो वर्ष ४ अर्ब ७० करोड गुमाएका छन् । उनको कुल सम्पत्ति साढे १२ अर्ब छ ।
  • गोंग होंगजिया : चीनको हांगझोउ हिकभिजन डिजिटल टेक्नोलोजी कम्पनीका उपाध्यक्ष गोंगले यो वर्ष ४ अर्ब ७१ करोड डलर गुमाएका छन् ।
  • रिचार्ड लिउ: चीनको दोस्रो ठूलो इ–कमर्श कम्पनी जेडी डट कमका प्रमुख रिचार्ड यो वर्ष सबैभन्दा धेरै गुमाउनेमा आठौँ स्थानमा छन् ।
  • ज्याभिएर निल :फ्रेन्च टेलिकम कम्पनी इलियान एसएका संस्थापक निलले यो वर्ष ३ अर्ब ६८ करोड गुमाएका छन् ।
  • रोबिन ली : चिनिया कम्पनी बैदु डटकमका सीईओ लीले यो वर्ष ३ अर्ब ५७ करोड डलर गुमाएका छन् ।एजेन्सी

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083