आजको पत्रपत्रिका : फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

Nepal Life Insurance Long Ad

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

काठमाडौं । कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखेरेललाई किन कारबाही नगर्ने भनी ३ दिने स्पष्टीकरण सोधेका हुन् । पोखरेलले शिक्षाका उपसचिवहलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए ।

शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहातका कर्मचारी, शिक्षक र प्राध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने तर खण्डन गर्न नपाईने उल्लेख छ ।

२८ जनप्रतिनिधि रिक्त, किन रोकियो उपनिर्वाचन ?

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका र गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवश्यक रहेको आँकडा तयार पारेको छ । तर, आयोगले निर्वाचन मिति र आवश्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन सकेको छैन ।

आयोगले आफैंलाई निर्वाचनको मिति तोक्ने कानुनी अधिकार नभए पनि २२ जिल्लाका रिक्त विभिन्न २८ पदमा उपनिर्वाचन आवश्यक रहेको बताएको हो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगलाई कहाँकहाँ उपनिर्वाचन आवश्यक छ भन्ने बारेमा कुनै आधिकारिक जानकारी गराएको छैन ।

थप २५ स्थानमा केबुलकार प्रस्ताव

काठमाडौं । नेपालका थप स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् ।

यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।


वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

२०७७ पुस २ बिहीवार

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

२०७७ पुस १ बुधवार

भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब...

यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

२०७७ मंसिर २९ सोमवार

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २...