अस्ताउँदो सूर्यलाई अर्घ चढाएर राष्ट्रपति भण्डारीद्धारा छठको पूजाआजा
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १७:५०
6.64K
shares
shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन्। काठमाडौँको कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन्। राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए।
भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरेकी थिईन्। कमलपोखरी सहिते गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरु बनाइएको छ।
घाटहरुलाई ध्वजापताका र झल्लार बत्तीहरुले दुलहीझै सजाइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ। विशेष गरि मिथिला क्षेत्रमा मनाइने यो पर्वमा चिताएको पूरा हुने विश्वासमा महिलाहरुले कठोर व्रत गर्ने गर्छन्।















