आजको पत्रपत्रिका : करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी : सर्वोच्चमा मुद्दाको चाप वढ्यो
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०७:२७
shares

करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी स् सर्वोच्चमा मुद्दाको चाप वढ्यो
काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको बढ्यै छ भने २० हजार ४ सय २९ थान मुद्दा माथि अझै फैसला हुन सकेको छैन । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्षका १९ हजार ६ सय २९ थान मुद्दाको जिम्मेबारी यसपालि पनि सरेर आएकोे छ । यस आर्थिक बर्षको सुरुदेखि कार्तिक तेस्रो सातासम्म ४ हजार ४ सय ७४ थान मुद्दा दर्ता भएको छ ।
यसमध्ये ३ हजार ६ सय १४ थान मुद्दा फछ्र्यौट भएको सर्वोच्चले जनाएको छ । प्रवक्ता पोखरेलले गत आर्थिक वर्षबाट सरेका र यस आर्थिक वर्षको कार्तिक मसान्तसम्म गरी कुल २४ हजार १ सय तीन थान मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यसमध्ये ३ हजार ६ सय १४ थान मुद्दा ९१४ दशमलव ९९० फछ्र्योट भएको छ ।
०७३र७४ मा सबै तहका अदालतमा जम्मा मुद्दाको लगत २ लाख ५४ हजार ५ सय २९ थान रहेकोमा १ लाख ५७ हजार ४ सय ९५ थान मुद्दाहरु वार्षिक रुपमा फछ्र्यौट भएको थियो । पुराना बक्र्यौता मुद्दाको लगत क्रमशः घट्दै गएको सर्वोच्चले जनाएको छ ।
निरञ्जन थापा फिर्ता, अञ्जना शाक्य नयाँ राजदूत
काठमाडौ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । यही कार्तिक २५ गते बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी गराए। राप्रपाका नेता थापालाई प्रचण्डको प्रधानमन्त्रीकालमा राजदूत नियुक्त गरिएको थियो।
त्यस्तैगरी अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ। उनहरुलाई तीन साताको म्याद दिइएको छ। सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ।
सरकारले पूर्व राजा स्व विरेन्द्र वीरविक्रम शाहको नाममा रहेको विभिन्न जग्गा नेपाल ट्रस्टअन्तरगत ल्याएको छ। बास्कोटाका अनुसार तत्कालीन राजाको मृत्युहुँदाका बखत उनका नाममा रहेका जग्गाहरु नेपाल ट्रस्टको नाममा ल्याइएको हो। निर्णयअनुसार गोकर्णमा रहेको ७० रोपनी ९ आना, कमलादीमा रहेको १४ आना र मध्यपुर थिमीमा रहेकोसमेत गरी ७१ रोपनी जग्गा ट्रस्टका नाममा ल्याइएको हो।
धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी
महेन्द्रनगर । छोरीका निम्ति न्यायको खोजी गर्दै २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा चिसोका कारण बिरामी परेका हुन् ।
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए । उनिहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए । उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ ।
खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ । निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।












