आजको पत्रपत्रिका : कालोबजारी गर्ने सांसदलाई तिराइयो जरिवाना

Nepal Life Insurance Long Ad

कालोबजारी गर्ने सांसदलाई तिराइयो जरिवाना

काठमाडौं । सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो ।

तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति केजी ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो ।

आन्दोलनको तयारीमा राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए ।

‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्डारीले भने, ‘माग पनि पूरा नगर्ने तर सरकारले हामीबाट समर्थन पनि खोजिराख्ने हो भने अब त्यस्तो हुँदैन । मंगलबार (भोलि) अध्यक्ष मण्डलको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था विश्लेषण गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भण्डारीले बताए ।

डेढ लाख दोषी जेलबाहिरै, कार्यान्वयनमा तात्यो सर्वोच्च

काठमाडौं । विभिन्न समयमा फौजदारीलगायत मुद्दाका झन्डै डेढ लाख दोषी कारबाहीको दायरा बाहिरै रहेको पाइएको छ । विगत सात दशकको समयमा देशभरका करिब ७७ हजार मुद्दाको फैसलासँग सम्बन्धित झन्डै डेढ लाख दोषी कारबाहीको दायरामा नआएको सर्वोच्चको तथ्यांकले देखाएको हो ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक हरिराज कार्कीले दोषीमध्ये कतिपयलाई कैद सजाय तोकिएको, कतिलाई जरिबाना मात्र रहेको त कतिलाई कैद र जरिबाना दुवै रहेको जानकारी दिए । सर्वोच्च अदालतले फैसला कार्यान्वयनका लागि तत्परता देखाउँदै २०७५\०७६ लाई ‘फैसला कार्यान्वयन वर्ष’ घोषणासमेत गरेको छ ।


वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

२०७७ पुस २ बिहीवार

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

२०७७ पुस १ बुधवार

भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब...

यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

२०७७ मंसिर २९ सोमवार

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २...