के हस्तमैथुनले सॉच्चिकै मानिस दुब्लो हुन्छ ?

Nepal Life Insurance Long Ad

हस्तमैथुन आत्मरतिको सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी सँगसँगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई गरिदिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो ।

दुब्लो हुनुमा हस्तमैथुनको भूमिका कतै हस्तमैथुनले हानी गर्छ कि रु धेरैमा चासो र चिन्ता हुन्छ । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो । यौन सम्पर्क गर्दा यौन अङ्गहरू एक–आपसमा घर्षण गराइन्छ ।

सिद्धान्ततस् यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले चिकित्सक भन्छन् यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।

तपाईंको दुब्लोपनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनु नै बेस हुन्छ । हस्तमैथुन एउटा स्वाभाविक कुरा हो । यस विषयमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ ।

उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ ।

असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।
हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु भोक लागेको मानिसलाई खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो ।

हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन ।

हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ ।

तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।
झट्ट हेर्दा अत्यधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा यौनव्यवहारजस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ ।

हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले महिनावारीको बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।


बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

२०७९ भदौ २२ बुधवार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको...

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

साथीहरूले ‘पुरुषत्व’लाई च्यालेन्ज गरेपछि युवकले भियाग्राको ओभरडोज लिएपछि

२०७९ जेठ २८ शनिवार

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन...

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

२०७९ वैशाख २९ बिहीवार

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै...

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई कारवाही

२०७८ पुस २३ शुक्रवार

सशस्त्र प्रहरी बलका  हवल्दार गणेश भण्डारीले सन् २०१७ मा एउटा...

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

२०७८ पुस १९ सोमवार

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई...

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

२०७८ पुस १३ मंगलवार

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण...